७ जेष्ठ २०८१, सोमबार
Follow Us

कोरोना संक्रमित गुल्मीका पुरुषको स्वास्थ अवस्था स्थिर

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७७, मंगलवार ०५:२८

बुटवल । कोरोना संक्रमित गुल्मीका ४१ वर्षीय पुरुषको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । एक साताअघि ज्वरो र टाउँको दुख्ने समस्या लिएर उनी अस्पताल आएका थिए । उनको कोरोना परीक्षणको रिर्पोट हिजो आएको थियो । कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको आईसीयूको भेन्टिलेटर सर्पोटमा राखेर उपचार भइरहेको छ ।