१८ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७७, बिहीबार ०९:०८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आउँदो शनिबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधनका विषयमा आधिकारिक धारणा तय गर्न १७ गते शनिबार केन्द्रीय समितिको बैठक बोलााएका हुन् ।

बैठकले सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । यसअघि नै कांग्रेसले आफूले प्रस्तावको पक्षमा रहेको जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराइसकेको छ ।

संविधान संशोधनजस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जानुपर्ने कांग्रेसको भनाइ छ । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नक्सा जारी गरेकोमा कांग्रेसले स्वागत गरिसकेको छ । कांग्रेसले सीमा विवाद कुटनीतिक तवरबाट समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले भोलि कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग गरेका छन् । उनले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडिमात्रै कार्यसूचीमा राख्न आग्रह गरेका थिए ।