तुलसीपुर । ब्राउनसुगरसहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहीबार राती सडा आठ बजे चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका– बडहरा निबासी २३ बर्षका शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थपा रहेका छन । प्रहरीले युवायुवितको साथबाट करिब ६÷७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनिहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको स्रोतले बतायो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले अवैध लागुऔषध ओसार पसार तथा विक्रिवितरणलाई एक महिनामामै नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको दुई दिन नपुग्दै प्रहरीलाई यस्तो सफलता मिलेको हो ।
यता प्रहरीले भने यो विषयमा कुनै प्रतिकृया दिन चाहेन । योसँगै तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगर सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।
राजधानी डेलीबाट