२ श्रावण २०८२, शुक्रबार
Follow Us

एक वर्ष नपुग्दै सशस्त्रका तीनै एआईजीको सरुवा

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ०६:१९

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले एक वर्ष नपुग्दै सशस्त्रका तीनै जना एआईजीको सरुवा गरेको हो । सशस्त्रमा यसअघि गत १९ साउनमा एआईजीको सरुवा भएको थियो ।

जसअनुसार एकेडेमीमा रहेका पुष्पराम केसीलाई मानवश्रोत विभाग, कार्यविभागमा रहेका एआईजी नारायणबावु थापालाई ऐकेडेमी र मानवस्रोतमा रहेका रामशरण पौडेललाई कार्यविभागमा सरुवा गरिएको छ ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक वर्ष नपुग्दै एआईजीको सरुवा गर्न नहुने अडान राख्दै आएका थिए । तर, गृहसचिव महेश्वर न्यौपानेले सरुवा प्रस्ताव नल्याए गृहमन्त्रालयले सरुवा अघि बढाउने चेतावनी दिदै आएका थिए ।

राजधानी डेलीबाट

धेरै पढिएको