३० बैशाख २०८१, आईतवार
Follow Us

संशोधन प्रस्ताव फिर्ता नलिए सरिता गिरीलाई कारबाही

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार ०६:२९

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारबाहीको चेतावनी दिएको छ। सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएपछि उनलाई पार्टीले कारबाहीको चेतावनी दिएको हो।

समाजवादी पार्टीले गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन समेत दिएको छ। संघीय संसद सचिवालयमा सांसद गिरीले दर्ता गराएको संशोधन प्रस्तावमा निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउन माग गरिएको छ।

पार्टीको निर्देशन विना दर्ता गराइएको संशोधन प्रस्ताव तुरुन्त फिर्ता लिन र फिर्ता नलिए कारबाही गर्न बाध्य हुने सचेतक उमाशंकर अरगरियाले बताएका छन्।
नागरिक न्यूजबाट