२ श्रावण २०८२, शुक्रबार
Follow Us

सर्लाहीको नाकामा भारतीयले हतियार खोसेपछि सशस्त्र प्रहरीले हान्यो १५ राउन्ड गोली

nepalbritain news
३० जेष्ठ २०७७, शुक्रबार ०७:१९

सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ।

सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको बताए ।‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार खोसेर लगे। हतियार फिर्ता ल्याउन हामीले पहिला १० राउन्ड हवाइ फायर गर्‍यौं तैपनि उनीहरूले हतियार नदिएपछि पछि पाँच राउन्ड गोली हानेका हौं,’ एसपी श्रेष्ठले भने।

उनले घटनामा तीन भारतीय र सशस्त्रका पनि केही जवान घाइते भएको बताए।

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले घटनाबारे भारतीय अधिकारीहरूसँग स्थानीय स्तरमा कुराकानी भइरहेको जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सेतोपाटी

धेरै पढिएको