ताजा खबर
आजदेखि काठमाण्डौमा लकडाउन खुकुलो :चहलपहल बढ्दै
काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाएसँगै राजधानी काठमाडौंमा चहल पहल बढेको छ। शुक्रबार विहानैदेखि काठमाडौंमा निजी सवारी साधनको चाप बढेको छ। सरकारले जोर विरोज प्रणाली अनुसार निजी सवारी साधन चल्न दिने निर्णय छ।
आज जोर नम्बर प्लेटका सवारी साधन चल्ने दिन भएपनि सर्वसाधारणले विजोर नम्बर प्लेटका सवारी साधन पनि चलाएका छन्। विजोर नम्बर प्लेटको सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन्।
सरकारले मोटरसाइकलमा एक जनामात्रै चढ्न पाउने निर्णय गरेको छ । तसर्थ प्रहरीले दुईजना चढेका पाइएमा बाटोमै उतारिदिएको छ ।

