२७ बैशाख २०८१, बिहीबार
Follow Us

आजदेखि काठमाडौंका सपिङ मल खुल्ने

नेपालब्रिटेन संवाददाता
१ असार २०७७, सोमबार ०३:४०

काठमाडौं । व्यवसायीले आजदेखि काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । लकडाउनको असर लामो समयसम्म धान्न नसकिने भएकाले सपिङ मल सञ्चालनमा ल्याउनुपरेको ब्यवसायीको भनाइ छ ।

उपत्यकाका सिभिल मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आइप्लेक्स कम्प्लेक्स र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी व्यवसाय सञ्चालन गरिने जानकारी दिएका हुन् ।

होलसेल बजार बिहान ७ देखि दिउँसो २ बजे र खुद्रा बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुने बताइएको छ । सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर मल चलाउने ब्यवसायीले बताएका छन् । व्यवसायीले व्यवसाय सञ्चालन गर्दा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन् ।

सरकारले अन्य पसल सञ्चालन गर्न दिने तर सपिङ मल नदिएपछि व्यवसायीले यसको विरोध गर्दै आएका छन् । लामो समय व्यवसाय बन्द हुँदा घरभाडा, बैंकबाट लिइएको ऋणको ब्याजदर तथा राज्यलाई करसमेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।