२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेइजिङमा कोरोना संक्रमितको संख्या ७९ पुग्यो

नेपालब्रिटेन संवाददाता
१ असार २०७७, सोमबार ०५:५५

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोरोना भाइरस संक्रमितको संख्या ७९ पुगको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज थप चीनभरमा ४९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी दिएको हो ।

तिमध्ये ३९ जनामा स्थानीय संक्रमण देखिएको छ । स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ जना बेइजिङको छिमेकी प्रान्त हिबेईका रहेका छन् । ५५ दिनसम्म संक्रमित फेला नपरेको बेइजिङमा केही दिनको विचमा ७९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

चीनको राजधानी बेइजिङमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु हुने चिन्ता थपिएको छ । संक्रमण थप बिस्तार हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको चीनले जनाएको छ ।

बेइजिङको ठूलो होलसेल मार्केटबाट संक्रमण फैलिएको देखिएपछि बन्द गरिएको छ । नयाँ संक्रमितहरु सो बजारका ब्यापारी र ग्राहक रहेका छन । नयाँ संक्रमित फेला परेसँगै सो क्षेत्रका स्थानीय अधिकारीहरुलाई चीन सरकारले बर्खास्त गरेको छ ।