२७ बैशाख २०८१, बिहीबार
Follow Us

गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

नेपालब्रिटेन डट कम्
१ असार २०७७, सोमबार २२:३९

सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २७ गते राति सोही ठाउँस्थति हनुमान राप्रवि लबटोलीकोपोखरीको डिलमा गोली प्रहार गरी हत्या भएको अवस्थामा अरुणको शव फेला परेको थियो । सोही घटनाको अनुसन्धानका लागि २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाटतत्काल संयुक्त रुपमा खटिएको प्रहरीलेअनुसन्धानको क्रममा श्रवणले गोली प्रहार गरेको खुल्न आएको थियो । घटनापछि तत्काल फरार उनलाई खोजी गर्ने क्रममा महोत्तरीको भिढामोड नाकामा फेला पारी पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।