१५ बैशाख २०८१, शनिबार
Follow Us

नवराजकी ‘प्रेमिका’ को बयान- ‘मेरो बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास छ’

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०५:३९

पश्चिम रुकुम । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’ उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् । आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

१७ वर्षीया ती किशोरीले प्रहरीसमक्ष दिएको बयान
मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएकोले सो रातमा नवराजकै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ ।

सो पश्चात पनि मिति २०७६ पौष महिना गते यकिन भएन, नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत निजकै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ । सो समयमा निजका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, निजको घरमा बसेको त्यति नै हो ।
चिना बिक/राजधानी डेलीबाट