२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली जनसम्पर्क समितिले दूतावासमार्फत ज्ञापनपत्र बुझाउने

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०६:०१

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै कांग्रेसले आज सरकारको ध्यानाकर्षण गराउँदै छ । कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।

सात प्रदेशका मुख्यमन्त्री र विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । काठमाडौंका भने बबरमहलमा भेला भएर दिउँसो एक बजे ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको काठमाडौं कांग्रेसले जानकारी दिएको छ ।

कांग्रेसले पीसीआर परीक्षण बढाउन, क्वारेन्टिनको सुधार गर्न र कोरोना नियन्त्रणमा गरिएको खर्च पारदर्शी गराउन माग गर्दै आएको छ । साथै विदेशमा अलपत्र परेका सबैको प्रक्रिया पुर्‍याएर उद्दार गर्नुपर्ने पनि कांग्रेसको माग छ ।

कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला जिल्लामा ज्ञापन पत्र बुझाउन लागिएको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।