३१ बैशाख २०८१, सोमबार
Follow Us

बेलायतबाट नेपाल जाने बाटो खुल्यो, अर्को साता चार्टर उडान गर्ने तयारी

नेपालब्रिटेन डट कम्
४ असार २०७७, बिहीबार १७:५९

एनआरएनए युके र दूतावासको संयुक्त पहलमा ४ सय २० जनाको नाम संकलन

लण्डन । कोरोना भाइरसका कारण लामो समय देखि वेलायतमा लकडाउनमा परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाट खुलेको छ ।
नेपाली दूतावास लण्डनका अनुसार जुन २४ र २६ का दिन दुई वटा चार्टर विमानले यहाँ अलपत्र परेका नेपालीहरुलाई लिएर नेपाल उड्ने निश्चित भएका हो ।

नेपाली दूतावासको तर्फबाट प्रवक्ता शरदराज आरणले विहीवार एक सार्वजनिक सूचना जारी गर्दै आगामी बुधबार र शुक्रबार हुने दुवै उडान दिउँसो २ बजेर ५० मिनेटमा लण्डनको ग्याटविक विमानस्थलबाट नेपालका लागि उडान भर्ने भएका हुन् ।

दूतावासका अनुसार जजिरा एअरलाइन्सले लण्डन पछि कुवेतका नेपालीहरुको उद्धार गरेर स्वदेश फर्किने छ । कुवेटमा साडे २ घण्टाको ट्रान्जिट रहने बताएको छ । जजिरा एअरलाइन्सका ए ३२० एअरबसमा एकपटकमा १ सय ५८ यात्रु बोक्ने क्षमता रहेको छ।

यसअघि गैरआवासीय नेपाली संघ युके र लण्डन दूतावासले संकलन गरेका ४ सय २० जना नेपालीहरुको सूचीमा नेपाल सरकार समक्ष पठाइएको थियो ।

शर्तहरु

बेलायतबाट नेपाल जाने यात्रुहरुले कोरोना नेगेटिभ रहेको पिसिआर रिपोर्ट बुझाउने पर्ने छ । त्य पछि ९ सय २० पाउन्ड भाडा तिर्नु पर्ने हुन्छ र नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।

कसरी किन्ने टिकट

दूतावासको सूचीमा प्राथमिकतामा परेर नेपाल जानेहरुले उडानको टिकट जजिरा एरअरलाइन्सको नेपाल एजेन्ट एबल नेपाल ट्राभल एण्ड टुर्स प्राइभेट लिमिटेडमार्फत नै लिनुपर्नेछ । जसको लागि कम्पनीको बैंकको खातामा सरकारले भाडास्वरुप तोकेको रकम बझाउनु पर्ने छ ।

लन्डनस्थित नेपाली दूतावासद्धारा जारीे सूचना