३१ बैशाख २०८१, सोमबार
Follow Us

बागलुङमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार ०६:०१

बागलुङ । बागलुङको फापरखेत ठोट्नेरीमा पहिरोले घर पुरिँदा एक जना महिला बेपत्ता भएकी छिन् । शुक्रबार रातिदेखि परेको अविरल पानीपछि आएको पहिरोबाट जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा रहेको लालबहादुर पुनको घर पुरिएको थियो ।

घर पुरिँदा पुनकी ३८ वर्षीया बुहारी विमला पुन बेपत्ता भएकी छिन् । आज बिहान गएको पहिरोले घर पुरिँदा विमलाका पति, एक छोरा र दुई छोरी बाहिर निस्कन सफल भएपनि बिमला भने निस्कन नभ्याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हराइरहेकी विमलाको खोजीका लागि नेपाली सेना र प्रहरीको टोली पहिरो स्थलमा पुगेपनि पहिरो खस्न नरोकिएकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोका कारण सो ठाउँका अन्य दुई घरहरु पनि उच्च जोखिममा रहेका छन् ।