३० बैशाख २०८१, आईतवार
Follow Us

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार १०:५७

काठमाडौं । सत्तारुढ दल नेकपाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन गरेको प्रस्तावलाई समर्थन गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले प्रस्तावको समर्थन गर्ने निर्णय गरेको हो ।

हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमाथि छलफल जारी छ ।

पछिल्लो बैठकमा समितिकी सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापा बादललाई यसबारे सरकारको धारणा बनाउन एक हप्ताको समय दिएकी थिइन् ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नागरिकता लिन ७ वर्ष कुर्नुपरे पनि सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने जानकारी दिए ।