३१ बैशाख २०८१, सोमबार
Follow Us

काठमाडौं उपत्यकामा आज ८ जना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
६ असार २०७७, शनिबार १२:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भक्तपुरमा ७ जना र काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३३१ जना कोरोना संक्रमित थपिएका छन् ।