२४ बैशाख २०८१, सोमबार
Follow Us

करेन्ट लागेर युवकको मृत्यु

sarusaru
८ असार २०७७, सोमबार ०७:०३

विराटनगर — मोरङको बूढीगंगा गाउँपालिका–५ दिपुटोलका २५ वर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय एक कोल्ड स्टोरमा फलाम जडानको काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार सिकिस्त भएका उनलाई उपचारका लागि विराट अस्पताल पुर्याइएको थियो । त्यहीँ उनको आइतबार साँझ मृत्यु भएको थियो ।

यसैबीच, सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय रामलाल उराव डुबेको अवस्थामा मृत भेटिएका छन् । माछा मार्न भनेर गएका उनी स्थानीय ज्वाला खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कान्तिपुर