२७ बैशाख २०८१, बिहीबार
Follow Us

अचानक खसेको पहिरोले ट्रक ट्यांकरसहित चार सवारी बगायो

नेपालब्रिटेन संवाददाता
८ असार २०७७, सोमबार १५:४९

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका-११ सम्मवारीमा गएको पहिरोमा परी दुइ जनाको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । तानसेन रिडी सडक खण्ड अन्तर्गत बुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ सवारी साधन पहिरोमा पुरिएका छन्। रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरूद्ध भएको थियो।

पहिरो हटाइरहेका बेला फेरि अचानक पहिरो खस्दा एक ट्रक, एक ट्यांकर, एक कार र एक मोटरसाइकल पुरिएको घटनास्थलका प्रत्यदर्शीले बताएका छन् । प्रत्यक्षदशीका अनुसार पहिरोले बगाएर ट्यांकर ३०० मिटर तल खोंचमा पुगेको छ भने ट्रक २० मिटर तल पुरिएको अवस्थामा छ कार र मोटरसाइकल माटोले पुरिएका छन्।

पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन नसकेपनि उद्धार जारी रहेको घटनास्थलमा रहेका प्रहरी बताएका छन् ।