२१ बैशाख २०८१, शुक्रबार
Follow Us

थप चिनियाँ अधिकारीमाथि प्रतिबन्ध नलगाउने ट्रम्पको घोषणा

नेपालब्रिटेन संवाददाता
९ असार २०७७, मंगलवार ०३:३५

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप चिनियाँ अधिकारीमाथि प्रतिबन्ध नलगाउने बताएका छन् । एक्सिओस न्यूज साइटसँगको अन्तर्वार्तामा उनले चीनसँग उत्कृष्ट व्यापार सम्झौता हुन लागेकाले थप प्रतिबन्ध नलगाउने बताएका हुन् ।

उनले शिन्जियाङ्ग प्रान्तका युगुर मुस्लिम समुदायमाथि भएको ज्यादतीकै आधारमा चीनिया अधिकारीमाथि थप प्रतिबन्ध नलगाउने स्पष्ट पारेका हुन् । विइगर मुस्लिममाथिको ज्यादतीलाई लिएर अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउँदै आएको छ ।

तर राष्ट्रपति ट्रम्पको प्रशासनमा राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गरेका जोन बोल्टनको प्रकाशन हुन लागेको पुस्तकमा युगुरलाई लिएर ट्रम्पले गरेको विवादास्पद टिप्पणी सार्वजनिक भएपछि यो विषय फेरि चर्चामा आएको हो । ट्रम्पले आफू पुनः निर्वाचित हुनका लागि चीनको सहयोग खोज्ने क्रममा युगुर समुदायलाई डिटेन्सन सेन्टर बनाउने काममा अमेरिकाको कुनै अवरोध नहुने बताएको बोल्टनको पुस्तकमा उल्लेख छ ।

त्यसलाई ट्रम्पको पछिल्लो टिप्पणीले पुष्टि गरेको छ । चीन र अमेरिकाबीच केही समयदेख व्यापार युद्ध चल्दै आएको छ । त्यसलाई अन्त्य गर्ने प्रयास स्वरुप दुई देशबीच वार्ता हुँदै आएको छ ।