२२ बैशाख २०८१, शनिबार
Follow Us

दैलेखका युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि

sarusaru
१२ असार २०७७, शुक्रबार ०३:५०

दैलेखका एक युवकको आत्महत्यापछि कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट १ महिनाअघि आएका ती २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका नगरपलिका प्रमुख धनश्याम भण्डारीले बताए।

बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याइएको थियो। सोही दिन स्वाब संकलन गरी कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो।

‘आज उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो,’ उनले भने।

भारतबाट आएका दैलेख दुल्लु नगरपालिका- १० का ती युवक १४ दिन दुल्लु नगरपालिकामा बनाइएको ज्वाला मावि क्वारेन्टिन बसेका थिए।

आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।

उनले किन आत्महत्या गरे?यसबारे आफूलाई जानकारी नआएको उनले बताए।

उनको शव व्यवस्थापन भइरहेको बताइएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।
सेतोपाटी