२१ बैशाख २०८१, शुक्रबार
Follow Us

काभ्रेमा प्रहरी र लुटेरा समूहबीच गोली हानहान

sarusaru
१२ असार २०७७, शुक्रबार ०४:३७

काठमाडौं। काभ्रेमा बुद्धचित्तको माला लुटपाट गर्न गएको समूहमाथि प्रहरीले नियन्त्रणको क्रममा गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे स्रोतका अनुसार काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको हो।

बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले बिहानै प्रहरीमाथि गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको काभ्रे प्रहरीले जनाएको छ। काभ्रेको रोशी गाउँपालिकाको घोप्टेखोलामा झडप भएको हो।

बुद्धचित्तको बोट कुर्न बसेका स्थानीय र लुटेरा समूहबीच झडप भएको थियो। झडपका क्रममा चारचना स्थानीय घाइते भएका छन्। यो बेला बुद्धचित माला बनाउने बहुमुल्य बुद्धचित फल टिप्ने बेला हुन लागेकाले स्थानीयवासी बोट कुरेर बस्दै आएका थिए।

अहिले गाउलेहरु मिलेर हरेकरात १५ जना व्यक्ति बोट कुर्न बस्छन्। सोही क्रममा बुद्धचित चोरी गर्न केहि व्यक्तिहरु बिहिवार राती घोप्टेखोलामा पुगेका थिए। उनीहरुले स्थानीयलाई तर्साउन बमजस्तै मानिने होक्स बनाएर धराप थापेका थिए। स्थानीयले बम राखेको भन्दै राति नै प्रहरीलाई खबर गरेको थियो।

सो क्षेत्र बिकट मानिने भएकाले प्रहरी पुग्न झण्डै डेड घन्टा लाग्छ। इलाका प्रहरी कार्यालयको प्रहरी टोली राती २ वजे झडप भएको ठाउँमा पुगेको काभ्रेपलान्चोकका प्रहरी प्रमुख एसपी रबि कुमार पौडेलले जानकारी दिए। उनका अनुसार बिकट ठाउँ भएकोले समयमै प्रहरी पुग्न सकेको थिएन ।

राति २ बजेमात्रै प्रहरी पुगेको थियो। प्रहरीले चोरी गर्न आएको गिरोहलाई लखेटेको थियो। त्यसक्रममा हवाई फायर भएको प्रहरीले जनाएको छ । लुटेरा समूहका कोहि पक्राउ भने परेका छैनन्। रातिको वेला अन्धाधुन्ध हामी गिरोहलाई पिछा गरेका थियौं, उक्त समुह बिप्लबकै रहेको सुनेका छौ,उनले भने, यसबारेमा थप अनुसन्धान भैरहेको छ। उनका अनुसार बुद्धचित चोरी गर्न आएको गिरोहले मुडा र तार तेर्साएको थियो।
डिसी नेपाल