२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ असार २०७७, शनिबार ०६:०५

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० बर्षिय पुरुष हुन । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असार एघार गते चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई कलेजोको क्यान्सर समेत भएको थियो । उनी असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए ।

यसअघि कैलाली र गुल्मीका तीन–तीन जना जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका दुई दुई जनाको मृत्यु भएको छ । त्यस्तै स्याङ्जामा दुई, दाङ, ललितपुर, कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।