२३ बैशाख २०८१, आईतवार
Follow Us

बागलुङमा समुदायस्तरमा कोरोना फैलियो

sarusaru
१४ असार २०७७, आईतवार ०८:४५

बागलुङ– छिमेकी पर्वतमा साता अघिनै समुदायमा देखिएको कोरोना भाइरस संक्रमण शनिवार बागलुङमा पनि क्वारेन्टाइन भन्दा बाहिर देखिएको छ ।
कर्मचारी क्षेत्रमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दोश्रो चरणको संक्रमण पुष्टी भएको स्वास्थ्यकर्मीले बताए । जिल्लामा पहिलो पटक क्वारेन्टाइनमा बसेका व्यक्ति भन्दा बाहिरका मानिसमा कोरोना भाइरस संक्रमण देखिएको उनीहरुले जानकारी दिए ।
शनिवार राती आएको रिपोर्टमा बागलुङका ३ जनाको पोजेटिभ रिर्पोट आएको हो । यसरी रिपोर्ट आउनेहरुले सामाजिक दुरी कायम नगरेको, होम क्वारेन्टाइनमा समेत नबसेको भेटिएको हो । ती व्यक्तिमा कोरोना पोजेटिभ भएको थाहा भएपछि यहाँका सरकारी कार्यालय, सामाजिक संस्था समेतमा आकस्मिक बैठक बसिरहेको बताइएको छ ।
संक्रमण पुष्टी भएकाहरु सँग सम्पर्कमा रहेका कर्मचारी तथा व्यक्तिलाइ घरमै बस्न सल्लाह दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बाहिर देखिएको थाहा भएको बताए । उनले तत्काल सामाजिक दुरी कायम गर्ने र कन्ट्रयाक्टमा रहेका मानिसको खोजी र परीक्षण बढाउनुपर्ने बताए । उनले कुनै क्षेत्र सिल गर्ने भन्दा सचेत बन्ने काम बढी महत्वपूर्ण भएको बताए । असार मसान्त भएकोले कतिपय कार्यालयमा कामकाजी भीड जम्मा भैरहेको छ । भीडकै कारण संक्रमण फैलने भएकोले सामाजिक दुरी कायम गर्ने सबालमा भने कडाई गर्न जिल्ला कमाण्ड पोष्टमा पनि छलफल भएको उनले जानकारी दिए । बाहिर देखिएकोले कोरोनाको दोश्रो चरण सुरु भएको एक स्वास्थ्यकर्मीले बताए ।
शनिबार राती कोरोना पुष्टि भएका बागलुङको काठेखोला गाउँपालिकाका ५ जनामध्ये ३ जना समुदायका हुन् । कोरोना पुष्टि भएका दुई जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन भने ३ जना क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाहरु रहेको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर विकले जानकारी दिए ।
क्वारेन्टाइन व्यवस्थापनमा खटिएका दुई जना काठेखोला गाउँपालिकाका वडा नम्बर ५ बिहुँका हुन भने अर्का एकजना सल्यान जिल्लाको बागचौर नगरपालिका घर भई हाल बागलुङका कार्यरत सुरक्षाकर्मी हुन् ।