१६ बैशाख २०८१, आईतवार
Follow Us

दार्चुलामा पहिरोले पुरिएर २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:२६

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घरमाथि रहेको स्थानीय लघु जलविद्युतको नहर भत्किँदा खसेको पहिरोमा पुरिएर नौगाड ४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको हो ।

पहिरोमा परेर अन्य ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरु मध्ये मृतक कि श्रीमति चनमति महतालाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ । पहिरोमा परेर स्थानीय अमर महता र गुमुवा महताको घर पुरिएको छ । धनमति महताको भान्साघर पुरिएको छ । केही पशुपंक्षीसमेत मरेको छन् ।