३० बैशाख २०८१, आईतवार
Follow Us

सरकारमा बसेकाहरु आफु जोगिनतिर लागे : गगन थापा

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०६:४५

काठमाडौं । नेपाली कांग्रेसका नेत गगन थापाले कोरोना भाइरस र सलह नियन्त्रणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका छन् । आज ट्वीट गर्दैै नेता थापाले सरकार चलाउनेहरु जनताका समस्या भन्दा आफु जोगिने र आफ्ना मानिस जोगाउन मात्रै तल्लिन भएको टिप्पणी गरेका हुन् ।

उनले सत्तारुढ नेकपामा तमासा बढि भएको भन्दै कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह समेत गरेका छन् । कोरोना संक्रमण र सलह किराको गति र प्रभाव बढदो क्रममा रहेकाले त्यसमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । त्यस्तै नेता थापाले सलह किराले खतरनाक ब्यवहार देखाएको भन्दै नियन्त्रणमा प्रभावकारी काम गर्न कृषि मन्त्री घनश्याम भुषालको ध्यानाकर्षण समेत गराएका छन ।