२८ बैशाख २०८१, शुक्रबार
Follow Us

संक्रमणले ४९ दिने शिशुको मृत्यु, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो

नेपालब्रिटेन संवाददाता
१८ असार २०७७, बिहीबार ११:२२

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४९ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको हो । घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
यता, नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको मन्त्रालयले बताएको छ ।