२८ बैशाख २०८१, शुक्रबार
Follow Us

स्पेनमा कोरोना संक्रमणको अर्को लहर शुरु हुने संकेत

नेपालब्रिटेन संवाददाता
२२ असार २०७७, सोमबार ०४:०८

मड्रिड । स्पेनमा कोरोना भाइरस संक्रमणको अर्को लहर शुरु हुने संकेत देखिएको छ । पछिल्लो केही दिनदेखि केही क्षेत्रमा पुनः संक्रमण बढ्दो क्रममा देखिएको हो । संक्रमण बढेपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन गरिएको छ ।

आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइने छ । सो क्षेत्रमा ७० हजार मानिसको बसोबास छ ।

अहिले गालिसिया क्षेत्रमा २ सय ५८ जना कोरोना भाइरसका संक्रमित छ । यसअघि क्याटालोनियामा पनि लकडाउन लागु गरिएको छ । स्पेनमा हालसम्म दुई लाख ५० हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये २८ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ ।