३० बैशाख २०८१, आईतवार
Follow Us

तत्काल सार्वजनिक यातायात नचलाउने यातायात व्यवसायीको निर्णय

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार १३:४९

काठमाडौ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएको निर्देशनलाई व्यवसायीहरुले अवज्ञा गरेका छन् । सरकारले पर्याप्त तयारी नगरी एक्कासी गाडी चलाउन निर्देशन दिएको सार्वजनिक यातायात केन्द्रिय महासंघले जनाएको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेको छ ।

आफुहरुले सरकारलाई सहयोग गर्न चाहँदाचाहँदै पनि आपसी सल्लाह नगरिकन एकतर्फी रुपमा यातायात सञ्चालन गराउन खोजेको आरोप व्यवसायीको छ । महासंघले सरकार सामु यातायात सञ्चालनका लागि शर्त राखेको छ । सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

यस्तै चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र किस्ता तिर्ने अवधि असोज मसान्तसम्म पु¥याउनुपर्ने, एक वर्षसम्म जरिवाना नलाग्ने व्यवस्था गर्नुपने लगायतका माग व्यवसायीको छ । उनीहरुले माग पुरा गर्न नसके सरकालाई नै तालाचाबी बुझाउने महासघंले चेतावनी दिएको छ ।