२३ बैशाख २०८१, आईतवार
Follow Us

भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०७:००

नयाँदिल्ली । भारतमा कोरोना संक्रमितलाई अक्सिजन अभाव भएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको, तर अक्सिजन उत्पादन बढाउन नसकेकाले बिरामीको उपचारमा समस्या भएको हो । महाराष्ट्र लगायतका राज्यमा संक्रमित बिरामीहरु अक्सिजन अभावको समस्या भोगिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर स्थितिमा पुगेका बिरामीहरुलाई अक्सिजनको सहारामा भेन्टिलेटरमा राख्नुपर्ने भएपनि अक्सिजन अभाव हुँदा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । भारतमा अहिलेसम्म ८ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

अस्पताल र हेरचाह केन्द्रहरुमा दैनिक करिब १३ सय टन अक्सिजन आवश्यक पर्ने भएपनि महामारी अघि ९ सय टन मात्रै मौज्दात थियो । भारतमा उत्पादन हुने अक्सिजनको १५ प्रतिशत मात्रै अस्पतालमा र बाँकी स्टील र अटोमोबाइल उद्योगहरुमा प्रयोग हुने गरेको छ ।