३१ बैशाख २०८१, सोमबार
Follow Us

बाराबाट ठूलो परिणाममा नक्कली नोट बरामद

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७७, आईतवार ०५:०२

बारा । बारा जिल्लाको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिणाममा नक्कली नेपाली र भारतीय रुपयाँका नोटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ ४ का मनोज साह तेली र कोटवाल ६ का नरेन्द्रप्रसाद कुशवाह रहेका छन् ।

उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ १ लाख ८३ हजार ६ सय ५० रुपैयाँ बरामद भएको छ । उनीहरूबाट ना ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।