३१ बैशाख २०८१, सोमबार
Follow Us

सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७७, मंगलवार १३:५२

काठमाडौ । मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गरेका छन् । विद्यार्थीहरुलाई विद्यालय जाने वातावरण तय गर्न कक्षागत आलोपालो गर्दै सामाजिक दुरी कायम राखेर पठनपाठन सुरु गरिएको हो ।
गाउँपालिकासँगको परामर्श र छलफलमा विद्यालयमा हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै बोलाइने गरिएको छ । कक्षामा सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था सहित आवश्यक सरसफाईमा समेत बिशेष ध्यान पुरयाइएको मनहरी ७ स्थित राष्ट्रिय रोटरी मावि का प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले जानकारी दिएका छन् ।

एउटा कक्षामा २० जनाका दरले एउटै कक्षाका बिधार्थीलाइ फरक फरक कक्षामा पठनपाठनको व्यवस्थापन गरिएको प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताएका छन् ।

गाउँपालिकाका अन्य विद्यालयहरुले पनि हरेक दिन फरक फरक कक्षाका विद्यार्थी र शिक्षकहरु बोलाएर केही घण्टा छलफल गराउने र गृहकार्य दिएर पठाउने गरी व्यवस्था मिलाएका छन् ।

‘ मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने आधा दर्जन निजी विद्यालयहरु छन् । सामुदायिक विद्यालयहरुमा आलोपालो प्रणालीमा कक्षा सञ्चालन हुन थालेपछि निजी विद्यालयहरु पनि सोही अनुरुप खोल्ने तयारीमा लागेका छन् ।