१९ बैशाख २०८१, बुधबार
Follow Us

युवतीमाथि एसिड प्रहार गर्ने २ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७७, शुक्रबार ०४:०२

काठमाडौं । काठमाडौँको सीतापाइलामा एक २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि बिहीवार साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

घरबाट दही किन्न भनेर निस्किएकी कार्की माथि एसिड प्रहार भएको हो । अनुहारमा एसिड परेपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।

युवतिमाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुरका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन् ।

पक्राउ पर्ने आलम डल्लुमा कवाडी पसल सञ्चालन गर्दै आएका व्यक्ति र मुन्ना उनकै पसलमा काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ । आलमकै निर्देशनमा मुन्नाले युवतिमाथि एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

सो क्रममा मुन्नाको हातमा पनि एसिडले पोलेको छ । अर्कै युवकलाई मन पराएको भन्दै युवतिमाथि आलमले एसिड प्रहार गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।