२ श्रावण २०८२, शुक्रबार
Follow Us

मेडिसिटीमा कोरोना संक्रमित वृद्धको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७७, सोमबार ०९:१२

काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।

उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पुष्टि भएको हो । मृतक पुरूषमा निमोनिया र मधुमेहको समस्या पनि रहेको गेलालले जनाए। अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको छ।

धेरै पढिएको