१६ असार २०८१, शनिबार
Follow Us

पुतलीसडकमा आगलागी

sarusaru
२७ श्रावण २०७७, मंगलवार ०७:२७

काठमाडौंको पुतलीसडकमा सोमबार आगलागी भएको छ । काठमाडौं महानगरपालिका–३१, पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा सोमबार अपराह्न आगलागी भएको हो ।

आगलागीका कारण कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टान्डर्ड एजुकेसन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए ।

विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  कन्सल्टेन्सी बन्द रहेका बेलामा एक्कासि धुवाँको मुस्लो बाहिर निस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा अहिले उक्त आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

रासस