४ असार २०८१, सोमबार
Follow Us

सुन्दर यातायातमा भाडा स्मार्ट कार्डमार्फत तिर्न मिल्ने

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७७, सोमबार ०४:०९

काठमाडौं । नेपालकै पहिलो बिजुली बस कम्पनि सुन्दर यातयात प्रा.लि र आई पे प्रा.लि (इढेवा) बीच सार्वजनिक सवारी साधनमा इ पेमेन्ट कार्ड सर्वसुलभ मुल्यमा सरल तरिकाले उपलब्ध गराउने सहमति भएको छ ।

आइतबार भएको सहमति अनुसार उक्त इ पेमेन्ट कार्ड मार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यवामबाट सवारी भाडा तिर्न सकिने छ ।

कार्ड विद्यार्थी असक्त वा अन्य साधारण व्याक्तिका लागी फरक फरक प्रकारका छुट सहित उपलब्ध हुनेछन् । बजारमा २०० र ५०० मुल्यका कार्डहरु उपलब्ध छन् जसको म्याद १ वर्षको हुनेछ ।

कार्ड सार्वजनिक सवारी मात्र नभएर डिपार्टमेन्ट स्टोर स्टेसनरी वा अन्य ठाउमा समेत प्रयोग गर्न सकिने सम्झौता पछि इ पेमेन्टका कार्यकारी निर्देशक अमितमान तूलाधरले जानकारी दिए ।

डिजिटल पेमेन्ट कार्ड छिट्टै अनलाइन मार्फत खरिद गर्न सकिने र नेपाल सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा समेत सोहि कार्ड प्रयोग गर्न सकिने सुन्दर यातायात प्रा.लि.का अध्यक्ष भेष बहादुर थापाले जानकरी दिए ।