१९ जेष्ठ २०८१, शनिबार
Follow Us

संवैधानिक निकायका नियुक्तीको विषयमा ओली र देउवाबीच छलफल

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०७७, सोमबार ०८:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका नियुक्तीका लागि तयारी थालेका छन् । सोही क्रममा उनले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठक लगत्तै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसहित देउवासँग छलफल गरेका हुन् ।

सरकारले गर्ने महत्वपुर्ण नियुक्ति पार्टीबाट पनि अनुमोदन हुनुपर्ने आवाज उठिरहेको समयमा ओलीले अर्का अध्यक्ष दाहाललाई साथमै राखेर संवैधानिक नियुक्तीका विषयमा विपक्षी दलका नेतासँग परामर्श गरेका हुन् ।

भेटमा नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालय लगायतमा रोकिएका नियुक्तिका बारेमा छलफल भएको बताइएको छ । भेटमा कांग्रेस सभापति देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारको भुमिका प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण समेत गराएको बताइएको छ ।