९ असार २०८३, मंगलवार
Follow Us

कोरोना संक्रमणले मंगलबार बिहान २ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७७, मंगलवार ०३:४८

काठमाडौं । कोराना संक्रमणले मंगलबार बिहान दुईजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । नेपालगन्ज र काभ्रेमा एक एकजनाको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । सोमबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

साउन ३२ गतेदेखि उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यता, जिल्लामा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको छ । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । कोरोना पोजेटिभ देखिए लगत्तै उनिसगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको छ । परिवारका अन्य सदस्यहरुलाई पनि कोरोना परीक्षण भइरहेको छ ।

यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।

धेरै पढिएको