काठमाडौं । कोरोना संक्रमण भएका थप सात जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार अहिलेसम्म संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ । मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एक जनाको निधन भएको जानकारी दिए । निधन हुनेमा ६ जना पुरुष र एक महिला छिन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको डा. गौतमले बताए ।
मंगलबार एक हजार १६ संक्रमित थपिएका छन । यो अहिले सम्मकै दैनिक संक्रमितको उच्च संख्या हो । नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । २४ घण्टामा ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार ५ सय ८० जना डिस्चार्ज भएका छन ।
सक्रिय संक्रमित १० हजार ५ सय ६३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए । १३ हजार ४ सय ६१ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १०१६ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ५ लाख ८२ हजार ८ सय ६६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
मनाङ, मुस्ताङ ,डोल्पा र हुम्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । मोरङ,पर्सा,रौतहट, महोत्तरी र काठमाडौ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
उपत्यकामा २०५ जना संक्रमित थपिएका छन । आज थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।