काठमाडौं । काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । उनको निधन ५ बजेर ५५ मिनेटमा भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिँदै आएको थियो । उनी गत असोजमा ९९ सय वर्ष पूरा भएर १०० लागेका थिए ।
माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते भएको हो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्।
घिमिरेको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो। जन्मिएको तीन वर्षमा उनकी आमा बितेकी थिइन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा९लमजुङ० गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे ।े घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।