३ असार २०८१, आईतवार
Follow Us

अछाममा बाढी : ६ जनाको शव फेला, १९ अझै बेपत्ता

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०७७, बुधबार ०४:२७

काठमाडौं । अविरल वर्षासँगै अछामका विभिन्न नदी तथा खोलाहरुमा आएको बाढीले दर्जनौं घर बगाएको छ । रामारोशन गाउपालिका वडा नम्बर ६ स्थित कैलाश खोलामा आएको बढीले सैनी बजारका दर्जनौं घर बगाएको हो । हालसम्म ६ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बाढीले बगाएर अझै १९ जना बेपत्ता रहेका छन् ।

बुढीगंगा नदिमा आएको बाढीले साफेबगर नगरपालिका चारमा संयौ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । बाढीले सिचाइ कुलो र मन्दिर समेत बगाएको छ । बाढीले तटबन्ध समेत बगाएको स्थानीयले बताएका छन् । कासेबग र सिसमघाडीबाट नदिले कटान गर्दा साफेबगर बिमानस्थल र पुलबजार र विमानस्थलमा समेत बाढी पस्ने सम्भावना देखिएको छ ।

साफेबगर नगरपालिका एक बैजनाथमा बुढीगंगा नदिमा निर्माण गरिएको तटबन्ध पनि बाढीले बगाएको छ । बैजनाथ मन्दिर समेत जोखिममा परेको स्थानीयले बताएका छन् । साफेबगर नगरपालिका तीन देउझाल, नदिले कटान गर्दा सडकमा पहिरो, छोटो तथा लामो दुरीका सवारी आवतजावत ठप्प भएको छ । साफेबगर नगरपालिका सातको चिउरिनाव, बागर, कटुरे सिमल स्थानका खेतियोग्य जमिनमा पनि बाढीले क्षति गरेको छ । बाढी आएसँगै तटिय क्षेत्रका नागरिक त्रसित रहेका छन ।