२० बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रकविको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति : पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०७७, बुधबार ०४:३३

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् । पूर्व राजाको सचिवालयले शोक वक्तव्य जारी गर्दै राष्ट्रकविको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको जनाएको हो ।

पूर्वराजा शाहले देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौँ काव्य कृति सदा पठनीय र मननीय रहेको उल्लेख गरेका छन् ।

साथै पूर्वराजा शाहले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । मंगलबार बेलुका निधन भएका राष्ट्रकवि घिमिरेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।