२० बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०७७, बुधबार ०६:४४

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपाली सेनाको मानार्थ सहायक रथी समेत रहेका घिमिरेलाई अन्त्येष्टिमा नेपाली सेना र सशस्त्र प्रहरीको एक–एक टुकुडीले सम्मानमा सलामी अर्पण गरेको छ ।

अन्त्येष्टि अघि उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फवाट सम्मान प्रकट गरेका थिए । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा एक सय एक बर्षको उमेरमा निधन भएको थियो ।