२० बैशाख २०८१, बिहीबार
Follow Us

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०७७, बुधबार १२:०२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । विभिन्न प्रयोगशालामा ११ हजार ५२२ जनाको गरिएको पिसीआर परीक्षणमा ६८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि मंगलबार एकै दिन एक हजार १६ जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।

यसैगरी आज १२० जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ७०० जना सङ्क्रमित निको भई घर फर्किसकेको उनले बताए । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।