१९ बैशाख २०८१, बुधबार
Follow Us

भारतमा एक दिनमै थपिन्छ ७० हजारभन्दा बढी संक्रमित

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७७, बिहीबार ०६:३६

मुम्बई । भारतमा एकै दिन ७० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा एकै दिन ७० हजार १ सय १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण शुरु भएयता भारतमा एकै दिन फेला परेका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो ।

महाराष्ट्रमा १३ हजार र उत्तर प्रदेशमा ५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २८ लाख ३५ हजार ८ सय नाघेको छ । हिजो एकै दिन भारतमा ९ सय ७८ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५४ हजार पुगेको छ ।

हिजो विश्वमा दुई लाख ५८ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन । ६ हजार ४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोनावाट हालसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७६ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलामा ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार नाघेको छ ।

मेक्सिकोमा ५८ हजार, बेलायतका ४१ हजार र इटालीमा ३५ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड २५ लाख ७७ हजार नाघेको छ । समध्ये एक करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । सात लाख ९० हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।