१९ बैशाख २०८१, बुधबार
Follow Us

गोर्खा वेल्फेयरको सहयोगमा विद्यालय भवन

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७७, शुक्रबार ०३:३३

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको रु. दुई करोड ४३ लाख बढीको सहयोगमा झापाको मेचीनगर नगरपालिका वडा नं. १२ मा सरस्वती माध्यमिक विद्यालयको १६ कोठे भवन निर्माण भएको छ । मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले कोरोनाको कहरमै भए पनि बिहीबार एक समारोहबीच भवनको उद्घाटन गर्नुभयो । उद्घाटनसँगै ट्रष्टले विद्यालयलाई भवन हस्तान्तरण गरेको छ ।

भवनमा ट्रष्टको रु. दुई करोड १७ लाख ३ हजार ३३७ र समुदायको सहभागिताबाट रु. २६ लाख ६७ हजार २०० गरी कूल रु. दुई करोड ४३ लाख ७० हजार ५३७ लगानी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष सूर्यप्रकाश सापकोटाले बताउनुभयो । भवनमा १६ कोठा र २ तला रहेको ट्रष्टका नेपाल प्रतिनिधि मोेहन शर्माले बताउनुभयो ।