१९ बैशाख २०८१, बुधबार
Follow Us

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, आज ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७७, शुक्रबार ११:०२

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण देखा परेको हो । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन्।

योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ।