१९ बैशाख २०८१, बुधबार
Follow Us

पर्यटन मन्त्रालयका एक कर्मचारीमा सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
५ भाद्र २०७७, शुक्रबार ११:५२

काठमाडौं । सिंहदरवारभित्र कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका सहसचिव एव प्रवक्ता कमलप्रसाद भट्टराईले एक जनाको पोजेटिभ आएको भन्ने खबर आफूलाई पनि प्राप्त भएको बताए । ‘करिब ८२ जना कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा एक जनाको पोजेटिभ आएको भन्ने खबर छ, उनले भने, ‘थप एक जनाको रिपोर्ट आउन बाँकी छ ।’ सिंहदरवारका कर्मचारीमा औपचारिकरुपमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।