२३ बैशाख २०८१, आईतवार
Follow Us

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, कम्तिमा छ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७७, शनिबार ०३:४५

न्यूयोर्क । अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो लागेको हो ।

डढेलोका कारण सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा परेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोबाट एक लाख ७५ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।

आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा डढेलो दोब्बर स्थानमा फैलिएको छ ।

डढेलो नियन्त्रणका लागि दश हजार भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको छ । क्यालिफोर्नियाको जंगलमा हरेक वर्ष आगलागीले ठुलो जनधनको क्षति गराउने गर्दछ ।