२३ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना नियन्त्रण गर्न स्पेनिश फ्लूभन्दा सहज : डब्ल्यूएचओ

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७७, शनिबार ०३:४६

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस अधानम घेब्रेयससले स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन्। सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुले करिब २ करोड मानिसको ज्यान गएको थियो । सन् १९१८ अप्रिलदेखि फैलिएको फ्लु १९२० पछि मात्रै नियन्त्रणमा आएको थियो ।

विश्वव्यापीकरणका कारण संसारभर मानिसहरूबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको, तर स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने उनले बताएका हुन्। यसअघि कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई लिएर डब्ल्युएचओका प्रमुख अधानमले कडा आलोचना खेपिरहेका थिए।

अमेरिका यो संगठनबाट अलग भइसकेको छ भने कैयौं राष्ट्रले डब्ल्युएचओप्रति असन्तुष्टि जनाइरहेका छन् । अधानमले यसअघि कोरोनाविरुद्धको खोप चाँडै नबन्ने, कोरोनाको असर लामो समयसम्म विश्वभर कायम रहने र सम्भवतः कहिल्यै पनि कोरोना अन्त्य नहुनेजस्ता अभिव्यक्ति दिएका थिए।