२३ बैशाख २०८१, आईतवार
Follow Us

दुई सहसचिवलाई महावाणिज्यदूत बनाइँदै

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७७, शनिबार ०८:४९

काठमाडौँ । हङकङ र ल्हासामा खाली रहेको महावाणिज्यदूतका लागि दुईजना सहसचिवको नाम सामान्य प्रशासन मन्त्रालयले परराष्ट्रमा पठाउने तयारी भएको छ ।

मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उदयबहादुर राना मगरको नाम पठाउने तयारी गरेको स्रोतले बतायो ।

ती स्रोतका अनुसार ल्हासामा ढकाल र हङकङमा राना मगरलाई पठाइन लागेको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी परराष्ट्रले प्रस्ताव लैजाने तयारी गरेको छ ।